बिहीबार, पुस १०, २०८२

चितवन मिल्कद्वारा एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन 

 |  बिहीबार, वैशाख ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०८२

भरतपुर- चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ। किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो।

National life

भरतपुर महानगरपालिका– १ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिए। गर्मी बढ्न थालेपछि दूध सङ्कलन घटेको छ। गत चैतमा दैनिक २५ हजार लिटरसम्म दूध सङ्कलन भएको उनको भनाइ छ। ‘गर्मी बढ्न थालेपछि दहीको खपत बढी हुन्छ’, उनले भने, ‘पाउडर र बटर उत्पादनका लागि सङ्कलन  हुने दूध पनि घट्छ।’

पाउडर र बटर बनाउनका लागि मेचीदेखि महाकालीसम्मका डेरीबाट दूध सङ्कलन हुने गरेको छ। ‘जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्’, उनले भने, ‘दश दिनसम्म यही ‘कोल्डस्टोर’मा राखिदिने गरेका छौँ।’ पाउडर दूधे आइसक्रिम र बिस्कुट उद्योगमा खपत हुने गरेको छ।

विसं २०७२ को भूकम्पपछि तीन वर्ष  बन्द उद्योग पुनः सञ्चालन भएपछि उत्पादन भएको दूध बिक्री नहुने अवस्थाको अन्त्य भएको  छ।

जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा किसान लाभान्वित भएको बताए।  

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 17, 2025| 10:31 बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्