बिहीबार, पुस १०, २०८२

म्याग्दीको धौलागिरिमा तीनवटा झोलुंगे पुल निर्माण हुँदै

 |  बिहीबार, वैशाख ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०८२

National life
Laxmi sunrise bank
kumari

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ। स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका– ३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो।

धौलागिरि गाउँपालिका– ३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नम्बर ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग चार करोड ७० लाख ३६ हजार दुई सय ५० मा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ। पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ।

आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका– ४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए।

प्रकाशित: Apr 17, 2025| 09:31 बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्