शुक्रबार, असार ५, २०८३

वर्षा गराउने प्रणाली सक्रिय हुँदै, देशैभर पानी पर्ने

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

काठमाडौं- आज बुधबार रातिदेखि नेपालमा वर्षा गराउने मौसमी प्रणाली सक्रिय हुने भएको छ। 

National life

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायु कायमै रहेका बेला बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको हो।

पानीका कणयुक्त हावा पूर्वी नेपालबाट प्रवेश हुन सुरु भइसकेकाले आज रातिदेखि यसको प्रभाव पर्ने देखिन्छ। विशेषगरी राति कोशी प्रदेशका तराई र पहाडी दुबै क्षेत्रमा वर्षाको सम्भावना छ। अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा वर्षा हुने आकलन महाशाखाले गरेको छ।

बिहीबार भने यो प्रणाली देशभर सक्रिय हुने बताइएको छ। देशभर नै बादल लाग्ने र कोशी प्रदेशमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिइएको छ। अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ।

यो प्रणालीले शुक्रबार कोशी र बागमतीमा थोरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा गराउने आकलन गरिएको छ। शुक्रबार मधेश, गण्डकी र लुम्बिनी प्रदेशभर तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ।

Shivam cement

तीन दिनको अवधिमा हावाहुरीसहित आकाश गड्याङगुडुङ गर्ने र चट्याङको पनि सम्भावना रहेको छ। वर्षाको आकलन गरिएको क्षेत्रमा गहुँ, मसुरोलगायत बाली तत्काल नकाट्न मौसमविद्‍ले अनुरोध गरेका छन्।

प्रकाशित: Apr 16, 2025| 19:20 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्