शुक्रबार, असार ५, २०८३

जसले ईसेवाको खाताबाट एक करोड उम्काए

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

काठमाडौं- ईसेवाबाट रकम चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

National life

ईसेवाको खाता ह्याक गरी एक करोडभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको हो।

बुढालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार कालीमाटीबाट पक्राउ गरेको हो। एसएमएसमार्फत ‘द अलर्ट’, ‘एट अलर्ट’ जस्ता ‘फिसिङ लिंक’ पठाई खाता सस्पेन्ड हुन लागेको चेतावनी दिई भेरिफाइका लागि लिंक खोल्न लगाएर उनले ईसेवामा अनधिकृत पहुँच पुर्याएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाइ छ।

उनले चार हजारभन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा पठाएको पाइएको छ। उनले विभिन्न व्यक्तिको ईसेवामा पहुँच पुर्‍याएर १ करोड २ लाख नगद चोरी गरेको पाइएको प्रहरीले जनाएको छ।

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बढलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Shivam cement

प्रकाशित: Apr 16, 2025| 17:51 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्