बिहीबार, पुस १०, २०८२

जुम्लाको तातोपानीमा साढे ५७ लाखको लिफ्ट सिँचाइ निर्माण

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका-६ स्थित धौलापानीमा ५७ लाख ६१ हजार रुपैयाँको लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ। 

National life

कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा ५० घनमिटरको रिजर्भ ट्यांकी र दुईवटा १० घनमिटरका सहायक ट्यांकी निर्माण गरिएको छ। 

लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन्। रासस

प्रकाशित: Apr 16, 2025| 17:01 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्