बिहीबार, असोज १५, २०८३

बजेट अधिवेशन वैशाख १२ देखि

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्ने गरी संघीय संसद्को अविधेशन आह्वान गरेका हुन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा संसद् अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

अब सुरु हुने अधिवेशन बजेट अधिवेशन हो।

प्रकाशित: Apr 16, 2025| 14:38 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्