बिहीबार, असोज १५, २०८३

निषेधाज्ञा उल्लंघन गर्दै वीरगन्जमा विरोध प्रदर्शन

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

हनुमान जयन्तीको शोभायात्राका क्रममा गत शनिबार वीरगन्जमा गरिएको तोडफोडको आरोपमा पक्राउ परेका दुईजनाको रिहाइको मागसहित केही युवाले बुधबार बिहान प्रदर्शन गरेका छन्।

धार्मिक सद्भाव बिथोल्ने र तोडफोडको आरोपमा मंगलबार पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका दुईजना निर्दोष रहेको भन्दै अविलम्ब रिहाइको माग गर्दै युवाहरुले बुधबार वीरगन्जको परवानीपुर, प्रतिमा चोक, घडिअर्वा चोक, नेसनल ट्रेडिङ अगाडि लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन्।

घटनापछि पर्सा प्रहरीले सुरक्षा कडा बनाएको छ। भेला, प्रदर्शन आदि हुन नपाउने गरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको उल्लंघन गरी मंगलबार साँझ र बुधबार पनि वीरगन्जमा लगातार दोस्रो दिन प्रदर्शन गरिएको हो। मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बस्न खोज्नेहरुलाई प्रहरीले लाठी चार्ज गरेको थियो। 

प्रकाशित: Apr 16, 2025| 12:32 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्