बुधबार, वैशाख ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • यौन दुर्व्यवहारमा परेकी आनन्दी मृत भेटिइन्, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

यौन दुर्व्यवहारमा परेकी आनन्दी मृत भेटिइन्, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

 |  बुधबार, वैशाख ३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

vianetvianet

काठमाडौं- यौन दुर्व्यवहारमा परेकी दलित समुदायकी एक महिला सिरहामा आफ्नै घरमा मृत फेला परेकी छन्। सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय पासोमा झुण्डेको अवस्थामा मंगलबार मृत फेला परेकी हुन्।

triton college

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ। आनन्दी यौन दुर्व्यवहारबाट पीडित थिइन्। गत पुस ९ गते बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेको बेला गाउँकै दुई युवकले उनलाई यौन दुर्व्यवहार गरेका थिए।

स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालर यौन प्रस्ताव राखेका थिए। तर, आनन्दीले अस्वीकार गर्दा जबर्जस्ती दुवै हात समातेर छेउकै आँप बगैंचामा लगेर कपडा च्यातेर जबरजस्ती करणीको प्रयास गर्दा भागेर गुहार मागेकी थिइन्।

फागुन २५ गते घटनामा संलग्न दुई युवकमाथि प्रहरीले जबरजस्ती करणी उद्योगमा जारी दर्ता गरेको थियो। त्यसयता दुवै युवक फरार छन्। 

आनन्दीका श्रीमान् वैदेशिक रोजगारीमा भएकाले दुई वर्षीया छोरीसहित माइतमै बस्दै आएकी थिइन्। तनावमा छोरीले आत्महत्या गरेको हुन सक्ने आमाको भनाइ छ।

National life insurance

यसैबीच घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले आईजी दीपक थापालाई फोन गरेर निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ। 

प्रकाशित: Apr 16, 2025| 12:26 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्