बिहीबार, असोज १५, २०८३

नदी किनारमा ड्राइ पिकनिक गएका दाजुभाइ बेपत्ता

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

नारायणी नदीमा डुबेर मध्यविन्दु नगरपालिका वडा नम्बर १२ का दुईजना बालक बेपत्ता भएका छन्।

मंगलबार दिउँसो नारायणी नदी र आरुङखोलाको संगम उल्टि दोभानमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बेपत्ता हुनेमा १३ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल रहेका छन्। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

मध्यविन्दु-१२ ज्वाईंथरबाट बेपत्ता दुई बालकसँगै अन्य ३ जना पनि गएका थिए। उनीहरू भने सकुशल घर फर्केको प्रहरीले जानकारी दिएको छ। बेपत्ता दुई बालक दाजुभाइका  छोराहरू हुन्। नारायणी नदी किनारमा ड्राइ पिकनिक गएको बेला घटना भएको हो।

प्रकाशित: Apr 16, 2025| 11:26 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्