आइतबार, पुस १३, २०८२

नदी किनारमा ड्राइ पिकनिक गएका दाजुभाइ बेपत्ता

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

नारायणी नदीमा डुबेर मध्यविन्दु नगरपालिका वडा नम्बर १२ का दुईजना बालक बेपत्ता भएका छन्।

National life

मंगलबार दिउँसो नारायणी नदी र आरुङखोलाको संगम उल्टि दोभानमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बेपत्ता हुनेमा १३ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल रहेका छन्। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

मध्यविन्दु-१२ ज्वाईंथरबाट बेपत्ता दुई बालकसँगै अन्य ३ जना पनि गएका थिए। उनीहरू भने सकुशल घर फर्केको प्रहरीले जानकारी दिएको छ। बेपत्ता दुई बालक दाजुभाइका  छोराहरू हुन्। नारायणी नदी किनारमा ड्राइ पिकनिक गएको बेला घटना भएको हो।

प्रकाशित: Apr 16, 2025| 11:26 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्