बिहीबार, असोज १५, २०८३

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

काभ्रेपलाञ्चोक- सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ।

अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो।

स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन्।

यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको मङ्गलबार विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित: Apr 16, 2025| 10:06 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्