बिहीबार, असोज १५, २०८३

कुटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

काठमाडौं- भिभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरुलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवद्र्धन गरिएको छ। नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक,संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवद्र्धन गरिएको हो। परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पुर्याएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।

परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा सहभागी राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, पहाडी जीवनशैली, प्राकृतिक र सांस्कृतिक विविधता अनुभव गरेका छन्। भ्रमणले स्थानिय संस्कृति र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसाम प्रस्तुत गर्ने अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए।

अप्रिल १३ तारिखका दिन काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै इलामको यात्रा सुरु भएको थियो। भद्रपुरबाट स्थलमार्ग हुँदै कन्याम पुगेको प्रतिनिधिमण्डललाई कान्याम नगरपालिकाद्वारा अतिथिहरूको भव्य स्वागत गरिएको थियो। पाहुनाले सांस्कृतिक नृत्य, लोकसंगीत तथा आतिथ्य कार्यक्रमको मज्जा लिए। हर्स राइडिङ को विशेष अनुभव लिएर उक्त टोली श्रीअन्तुतर्फ प्रस्थान गर्यो।

अप्रिल १४ तारिखका दिन बिहान सबेरै श्रीअन्तुबाट सूर्योदयको अनुपम दृश्यावलोकन गराइएको थियो। अन्तु पोखरीमा माछा मार्ने र डुंगा सयर गर्ने गतिविधि भयो। त्यस्तै चिया टिप्ने प्रतियोगिता र टि टेस्टिङ कार्यक्रम समेत आयोजना गरियो जसले इलामको चिया संस्कृतिको अनुभव प्रदान गर्‍र्यो।
स्थानीय उत्पादन चिज टेस्टिङ कार्यक्रम र साँझ विविध सांस्कृतिक कार्यक्रममा पाहुनाहरु सहभागी भए। उक्त प्रतिनिधिमण्डल अप्रिल १५ तारिखका दिन इलामसँग विदाइ, भद्रपुर विमानस्थल हुँदै काठमाडौँ फिर्ता भएको थियो। भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पुर्याएको बोर्डले जनाएको छ।

4566454664-1744772787.jpg

4564564-1744772787.jpg

प्रकाशित: Apr 16, 2025| 08:49 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्