सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज भन्सारले नौ महिनामा उठायो एक खर्ब २४ अर्ब राजस्व

वीरगञ्ज भन्सारले नौ महिनामा उठायो एक खर्ब २४ अर्ब राजस्व

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। 

कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिक ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको हो। 

यसैगरी, फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड राजस्व संकलन भएको छ।

प्रकाशित: Apr 16, 2025| 09:01 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्