आइतबार, मंसिर २८, २०८२

त्रिविका रेक्टर खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी

 |  मंगलबार, वैशाख २, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०८२

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रेक्टर खड्ग केसीलाई त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन्। उपकुलपति खाली भएपछि केसीलाई निमित्तको जिम्मेवारी दिइएको हो।

National life

पर्वतका केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका विज्ञ हुन्। यसअघि त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उनको काम उत्कृष्ट मानिएको थियो।

गत बिहीबार कुलपति ओलीले उपकुलपति केशरजंग बरालले चैत १५ गते दिएको राजीनामा स्वीकृत गरेका थिए। बरालले प्रधानमन्त्री केपी ओलीको असहयोग र हस्तक्षेपका कारण राजीनामा दिएको बताएका छन्। उनी २०८० फागुन १० गते उपकुलपति नियुक्त भएका थिए। 

त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिने व्यवस्था छ। यो अवधिमा शिक्षामन्त्रीको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरी नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 15, 2025| 15:29 मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्