शनिबार, वैशाख १९, २०८३

वर्षको पहिलो कारोबार दिन २७.१४ अंकले बढ्यो नेप्से

 |  मंगलबार, वैशाख २, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०८२

काठमाडौं- वर्ष २०८२ को पहिलो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २७.१४ अंकले बढेको छ। आज नेप्से १.०१ प्रतिशतले बढेर २,६८९.२२ बिन्दुमा उक्लिएको छ।

National life

आज दिनभर ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन्। 

काठमाडौं । सेयर बजार परिसूचक २७ अंकले बढेको छ । मंगलबार बजार २७.१४ अंकले बढेको हो । यससँगै बजार मापक २,६८९.२२ विन्दुमा पुगेको छ ।

आज बजारमा २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ। दुई करोड १८ लाख ४१ हजार कित्ता सेयर ६९ हजार ३६४ पटक खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोसी विकास बैंक र नेपाल माइक्रो इन्स्यारेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यसैगरी बलेफी हाइड्रो, विन नेपाल लघुवित्त, एनआएबीएल स्टेबल फन्ड, आत्मनिर्भर लघुवित्त, अप्पर सोलु हाइड्रोलगायत कम्पनीको सेयर मूल्य धेरै घटेको छ।

प्रकाशित: Apr 15, 2025| 15:12 मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्