बिहीबार, असार ४, २०८३

बसले रिक्सालाई ठक्कर दिँदा एकै परिवारका ६ जनाको मृत्यु

 |  मंगलबार, वैशाख २, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०८२
National life
Shivam cement

भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा मंगलबार ठूलो सडक दुर्घटना भएको छ। तीव्र गतिमा रहेको बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। 

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू अटो बुक गरी प्रयागपुर थाना क्षेत्रको कोलुहवा गाउँमा आफन्तको बिहे भोजमा सहभागी हुन जाँदै थिए।

घटनास्थलमा ठूलो संख्यामा मानिसको भीड लागेपछि सडकमा लामो जाम लागेको थियो।

प्रकाशित: Apr 15, 2025| 14:51 मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्