बिहीबार, वैशाख ४, २०८२

आजको राशिफल [२०८२ वैशाख २ गते]

 |  मंगलबार, वैशाख २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०८२

vianetvianet

मेष
कुनै कार्यक्रममा संलग्न रहनुपर्ला । कामविशेषले कतै जाने प्रबन्ध मिल्नेछ। सबैतिरबाट अपेक्षित सद्भाव प्राप्त हुनेछ।

triton college

वृष
मनमा भएको तनाव हटेर जानेछ। प्रायः सबै काम आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन्। कुनै कुराले मनलाई प्रसन्न बनाउला।

मिथुन
पारिवारिक उत्तरदायित्व बढ्नेछ । अनपेक्षित रूपमा कुनै कुराले व्यस्त बनाउला । सकेसम्म सबै कामकुरा भ्याउन प्रयत्नशील भइनेछ।

कर्कट
कुनै कुराले मनमा दोमन हुन सक्छ । सकेसम्म तटस्थ रहनु राम्रो होला । समयावस्था बुझेर नबोली नहुने कुरामा मात्र मुख खोल्नु उचित हुनेछ।

सिंह
पारिवारिक/सामाजिक कामकाजमा व्यस्त भइएला । कतै निम्तालु भएर जानुपर्ला । आफ्नो अनुकूलता मिलाएर अपेक्षित ठाउँमा आफूलाई प्रस्तुत गरिनेछ।

National life insurance

कन्या
तपाईंको कुराको मान राख्ने प्रयत्न हुनेछ । सकेसम्म तपाईंकै निर्देशकत्वमा कामको परिचालन हुनेछ । टाउकाले केही हलुको भएको अनुभव गर्नेछ।

तुला
मनमा उत्साह बढ्दा तन स्वतःस्फूर्त रहनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ। सबैतिरबाट अपेक्षित सद्भाव मिल्नेछ।

वृश्चिक
प्रतिक्रियात्मक कार्यमा सजग रहनुपर्नेछ । कसैले गरेको कुरामा हस्तक्षेप नगर्नु नै ठीक रहला। सकेसम्म मौन र तटस्थ रहनु नै उचित हुनेछ।

धनु
मित्रवर्गसित भेट्ने मौका जुट्नेछ । कुनै बैठकमा सहभागी हुनुपर्नेछ। समयावस्था विचारेर आफूलाई प्रस्तुत गर्नु उचित हुनेछ।

मकर
आत्मीयजनको साथले मन रमाउनेछ । कुनै कुराले मनमा उत्साह थपिनेछ । समयानुसार आफूलाई अनुकूल बनाउँदै गइनेछ।

कुम्भ
प्राथमिकता विचारेर अघि सरे आफैंलाई सजिलो होला । सकारात्मक सोचमा रही आफूलाई प्रस्तुत गर्नुपर्नेछ । कुनै कुनै कुरालाई समयकै भरमा छोड्नु उचित हुनेछ।

मीन
कुनै कुराले गर्दा अचानक रिस उठ्न सक्छ । संयमित रहँदै काम गर्नुपर्ने बेला छ । समयानुकूल रहन सके बेस होला।

प्रकाशित: Apr 15, 2025| 05:30 मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्