बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मोटरसाइकलमा काठमाडौंबाट गोरखा हिँडेका युवकको दुर्घटनामा मृत्यु

मोटरसाइकलमा काठमाडौंबाट गोरखा हिँडेका युवकको दुर्घटनामा मृत्यु

 |  सोमबार, वैशाख १, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०८२

आज बिहान गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। 

काठमाडौँबाट गोरखा आउँदै गरेको बा८८प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भीमसेनथापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सरोज पाण्डेको भनाइ छ। 

गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर मोटरसाइकल दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सिटमा बस्ने अश्राङकै १८ वर्षीय रवीन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौँ वीर अस्पतालमा पठाइएको छ। 

प्रकाशित: Apr 14, 2025| 17:34 सोमबार, वैशाख १, २०८२
प्रतिक्रिया दिनुहोस्