बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जेलेन्स्कीले ट्रम्पलाई भने- यहाँ आएर युक्रेनको हालत हेर्नुस् 

जेलेन्स्कीले ट्रम्पलाई भने- यहाँ आएर युक्रेनको हालत हेर्नुस् 

 |  सोमबार, वैशाख १, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०८२

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन्। युद्ध अन्त्य गर्न रूससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पले युक्रेनको भ्रमण गर्नुपर्ने जेलेन्स्कीले बताएका हुन्।

National life

उनले भने, 'कृपया कुनै पनि निर्णय, कुनै पनि छलफलअघि यहाँ आउनुहोस् र मानिसहरूलाई हेर्नुहोस्, सेनालाई हेर्नुहोस्, अस्पतालहरू हेर्नुहोस्, चर्चहरू हेर्नुहोस्, नष्ट गरिएका वा मारिएका बालबालिकाहरूलाई हेर्नुहोस्।'

जेलेन्स्कीले सीबीएस न्यूजको '६० मिनेट' कार्यक्रममा यी कुरा भनेका हुन्।

यो अन्तर्वार्ता आइतबार युक्रेनी सहर सुमीमा रूसी क्षेप्यास्त्र आक्रमण हुनुभन्दा पहिले रेकर्ड गरिएको थियो। यो आक्रमणमा दुई बालबालिकासहित ३४ जनाको मृत्यु भएको थियो। ११७ जना घाइते भएका छन्।

प्रकाशित: Apr 14, 2025| 17:19 सोमबार, वैशाख १, २०८२
प्रतिक्रिया दिनुहोस्