बागलुङको तमानखोला गाउँपालिका-२ स्थित कटेरीमा भएको जिप दुर्घटनाका घाइतेको पहिचान खुलेको छ।
सोमबार दिउँसो ग १ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका ११ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा गलकोट नगरपालिका-१ की ३० वर्षीया मुना विक, जुम्लाको कन्का सुन्दरी गाउँपालिका-२ का २६ वर्षीय प्रेम रावल, रुकुम पश्चिम बाधिकोट गाउँपालिका-६ का ३२ वर्षीय सुदर्शन कुसारी, बागलुङको तमानखोला-१ का २९ वर्षीय सचिन विक, सोहो ठाउँ बस्ने ६३ वर्षीया इन्द्रकुमारी गिरी, ५२ वर्षीया मनसरी शेरचन, बागलुङको तमानखोला गाउँपालिका-२ की २० वर्षीया झरना गिरी रहेका छन्।
यसैगरी बागलुङको तमानखोला गाउँपालिका-१ की २५ वर्षीया बसन्ती मगर, बागलुङको तमानखोला गाउँपालिका-१ का २७ वर्षीय जिप चालक सुशील रसाइली पनि घाइते भएका छन्।
यसैगरी घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-१३ का २३ नवीन मल्ल र बागलुङको तमानखोला गाउँपालिका-१ का १२ वर्षीय मनी मगर रहेका छन्।
घाइतेमध्ये २ जनालाई थप उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ।