बिहीबार, असार ४, २०८३

डढेलोले म्याग्दीमा ९९ हेक्टर वन नष्ट

 |  आइतबार, चैत ३१, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३१, २०८१

म्याग्दी- यस वर्ष डढेलोका कारण जिल्लामा करिब एकसय हेक्टर वनमा क्षति पुगेको छ। जिल्लामा रहेका २८ सामुदायिक वनको ९९ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्‍याएको डिभिजन वन कार्यालयले जनाएको छ।

National life

कार्यालयका वन अधिकृत विनयबहादुर अधिकारीले सबैभन्दा बढी धवलागिरि गाउँपालिकास्थित नौवटा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिए। उनका अनुसार मालिका गाउँपालिकाको चार, मंगला गाउँपालिकाको दुई, रघुगंगा गाउँपालिकाको चार, अन्नपूर्ण गाउँपालिकाको छ र बेनी नगरपालिकाको तीनवटा सामुदायिक वनमा डढेलो लागेको छ।

'विगतका वर्षका तुलनामा यस वर्ष ढडेलो कम लागेको छ', अधिकारीले भने, 'शुक्रबार र शनिबारको वर्षाले पछिल्लो पटक वनजंगलमा लागेको डढेलो निभाएकाले मौसम सफा र सुन्दर देखिएको छ।' घाँस पलाउने बहानामा, अवैध सिकार र आगोको जथाभावी प्रयोगले वनजंगलमा डढेलो लाग्ने गरेको उनको भनाइ छ।

गोठालाहरूले राम्रो घाँस पलाउँछ भनेर जंगल र भिरमा आगो लगाउने गरेका भन्दै वन अधिकृत अधिकारीले सिकारीहरूले वन्यजन्तु र पक्षीलाई भगाउन पनि डढेलो लगाउने गरेको पाइएको उल्लेख गरे। उनका अनुसार जिल्लामा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ।

अधिकारीले ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी र २१ दशमलव २७ प्रतिशत चरन क्षेत्र रहेका जानकारी दिए। उनका अनुसार जिल्लामा तीन सय १० सामुदायिक वन उपभोक्ता समूह छन्।

Shivam cement

वन डढेलो नियन्त्रणका लागि समुदायमा आधारित वन व्यवस्थापनसम्बन्धी कार्यक्रम गर्ने, डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्निरेखा निर्माणलगायत काममा आवश्यक सहजीकरण गर्नुका साथै सुरक्षा निकायलाई आवश्यक पर्ने सामग्री सहयोग गरिएको डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानकारी दिए। रासस

प्रकाशित: Apr 13, 2025| 18:01 आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्