काठमाडौं- यामाहा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले आयोजना गरेको ‘यामाहा ब्लु फेस्ट’ महोत्सव बिहीबारदेखि काठमाडौं भृकुटीमण्डपमा सुरु भएको छ।
सप्ताहव्यापी यस उत्सव उद्घाटन एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लू राइड्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा कार्यकारी निर्देशक दीपककुमार अग्रवालले संयुक्त रूपमा गरे। कार्यक्रममा यामाहाका अधिकारीहरू, उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति थियो।
यमाहा ब्लु फेस्टमा कुनै पनि ब्रान्डको बाइक साट्न सकिने सुविधा छ। यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजारको मूल्यांकन, अन्य ब्रान्डका बाइकमा पनि न्यूनतम २५ हजारको मूल्यांकन (ट्याक्स क्लियरेन्स आवश्यक), एक्स्चेन्जमा थप १० हजार बोनस, ७.९९ प्रतिशत फाइनान्सिङ (ग्यारेन्टरविना), ‘थ्रिल अफ थ्री’ योजना अन्तर्गत १ लाखसम्म नगद छुट जित्ने अवसर पनि पाइने छ।
‘थ्रिल अफ थ्री’ योजना अन्तर्गत विज्ञापन सेयर गरेर १ हजार जित्न सकिने, स्क्रिनसट देखाएर ५० हजारसम्म छुट प्राप्त गर्न सकिने र यामाहा बाइक खरिद गरी १ लाखसम्मको नगद छुट जित्न सकिने पनि कम्पनीले जनाएको छ।
प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेल प्रस्तुत गरिएको छ, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर ‘रेजेड आर एफआई’ प्रमुख आकर्षण हो। त्यस्तै आर१५ भी४, एमटी–१५ भी२, एरक्स १५५, एफजेड भी३ सिरिजि र डब्लूआर १५५आर मोडेल पनि प्रदर्शनीमा राखिएका छन्।
त्यसैगरी डोअर प्राइजमा स्मार्ट हेलमेट जित्न सकिने, कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गरेर रोमाञ्चक उपहार जित्न सकिने, गेमिङ जोन (एक्सन प्याक फन र प्रतियोगिता), फेस पेन्टिङ, महेश काफ्ले र अस्मिता अधिकारीको पर्फर्मेन्स, निःशुल्क एसेसरिज लगायत आकर्षण प्रदर्शनीमा छन्।
यस यामाहा ब्लु फेस्टले एक्सचेन्ज अफर मात्र नभई सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको कम्पनीको भनाइ छ।