बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पञ्चकन्या समूहले गर्‍यो रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर

पञ्चकन्या समूहले गर्‍यो रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर

 |  आइतबार, चैत ३१, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३१, २०८१

काठमाडौं- पञ्चकन्या समूहले रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरेको छ। सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवा स्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक आयोजना गरेको छ।

National life

यो शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारीहरू र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ। भक्तपुर क्यान्सर अस्पतालका डा. उज्वल चालिसेको नेतृत्वमा, सिद्धार्थनगर सिटी अस्पतालको टोलीसँगै, शिविरमा स्तन क्यान्सर जाँच र सामान्य स्वास्थ्य परिक्षण सहित आवश्यक स्क्रिनिङहरू प्रदान गरिएको थियो।

कार्यक्रमले क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानको महत्वको बारेमा जागरूकता बढाउनमा पनि केन्द्रित रहने अपेक्षा कम्पनीले गरेको छ। पाँच देखि नब्बे वर्ष उमेरका ४३३ महिला र ४४ पुरुषले शिविरबाट लाभ प्राप्त गरेकोमा २०३ वटा स्तन स्क्रिनिङ र ७१ वटा सामान्य स्वास्थ्य जाँचहरू समावेश भएका थिए।

यस जाँचका क्रममा एक जना व्यक्तिलाई क्यान्सर भएको पत्ता लागेको थियो र सोको तुरुन्तै उपचारका साथै निःशुल्क औषधि समेत प्रदान गरिएको थियो, जसमा १९ जनामा लक्षणहरू देखा परेका थिए र थप प्रयोगशाला रिपोर्टहरूको पर्खाइमा रहेको कम्पनीले जनाएको छ।

यस शिविरबाट लगभग ९५ प्रतिशत सहभागीहरूले निःशुल्क औषधि प्राप्त गरेको तथाङ्गक कम्पनीले सार्वजनिक गरेको छ। पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य पहलहरू प्रतिको समर्पणलाई यस शिविरले पुनः पुष्टि गरेको बताए।

Laxmi sunrise bank
kumari

पञ्चकन्या समूह नेपालको एक अग्रणी औद्योगिक समूह हो, जुन पाइप, फिटिंग, निर्माण सामग्री र निर्माणमा क्षेत्रमा उत्कृष्टताको लागि आम ग्राहक माझ परिचित छ। दिगोपन र संस्थागत सामाजिक उत्तरदायित्व मा बलियो ध्यान केन्द्रित गर्दै, कम्पनीले स्वास्थ्य, शिक्षा, र वातावरणीय दिगोपनका पहलहरू मार्फत समुदायको हित रक्षा गर्न समर्पित रहेको छ।
 

प्रकाशित: Apr 13, 2025| 14:49 आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्