शनिबार, वैशाख ६, २०८२

सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि निरजलाई

 |  आइतबार, चैत ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३१, २०८१

vianetvianet

काठमाडौं-  सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर निरज तामाङले जितेका छन्। ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धन बहादुर थापालाई ५/४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जित्न सफल रहे। उनको यो करियरको चौथो उपाधि हो। 

triton college

रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा निरजले धन बहादुर थापालाई पहिलो नौ होलमा २-होलले पछि पारे। यसपछि १८ होल सकिंदा निरजले ६-होलको फराकिलो अग्रता बनाए। एकपक्षीय जितको नजिक निरज पुगेका थिए। तर धनले सहजै हार मानेनन्। २७ होलको समाप्तीमा अग्रता ५-होलमा छोट्याए। यसपछि ३२ औं होलको खेल बराबरीमा सकिएसँगै निरजले ४ होल अगाडि उपाधि जिते। 

उपाधिसँगै निरजले नगद ६० हजार प्राप्त गरेका छन्। दोस्रो भएका धनले ४२ हजार प्राप्त गरे। निरजले पहिलो चरणमा सूर्य प्रसाद शर्मा, क्वाटरफाइनलमा रामे मगर र सेमिफाइनलमा दिनेश प्रजापतिलाई हराएका थिए। निरजले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका थिए। 

डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिलेे तेस्रो स्थान प्राप्त गरे। दिनेशले रवि खड्कालाई १८ होलको प्रतिस्पर्धामा ४/२ ले माथ दिए। दिनेशले ३२ हजार र रविले २४ हजार हात पारे। 

क्वाटरफाइनलमा पराजित नेपाल नम्बर एक भुवन नगरकोटी, तोरण विक्रम शाही, रामे मगर र प्रदीप कुमार लामाले ११/११हजार प्राप्त गरे। पहिलो चरणमा पराजित हुने पशुपति शर्मा, भुवन कुमार रोक्का, टंक बहादुर कार्की, सञ्जय लाम, जयराम श्रेष्ठ, रमेश अधिकारी दीपक मगर र सूर्य प्रसाद शर्माले जनही ६/६हजार प्राप्त गरे। 

National life insurance

सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रहेको थियो। प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जेनरल मेनेजर (मार्केटिङ) केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।


 

प्रकाशित: Apr 13, 2025| 14:45 आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोरला नाकामा दुई देशका व्यापारीको चहलपहल

कोरला नाकामा दुई देशका व्यापारीको चहलपहल

नेपाल-चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका दुई पालिकाका लागि खुलेपछि हालसम्म तीन हजारभन्दा बढीले चीन प्रस्थान गर्ने सीमापार पास पाइसकेका छन्।