बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • 'ग्रिन इकोनोमी'का लागि पर्यटन क्षेत्रको ठुलो योगदान : सिइओ जोशी 

'ग्रिन इकोनोमी'का लागि पर्यटन क्षेत्रको ठुलो योगदान : सिइओ जोशी 

 |  शनिबार, चैत ३०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३०, २०८१

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले 'ग्रिन इकोनोमी'का लागि पर्यटन क्षेत्रको ठुलो योगदान रहेको बताएका छन्। 

National life

नेपाल वातावरण पत्रकार समूहले शनिबार आयोजना गरेको 'पर्यटन क्षेत्रमा वातावरण प्रदूषणको असर' शीर्षकको अन्तर्क्रिया कार्यक्रममा बोल्दै वातावरण प्रदूषणका कारण नेपालको सुन्दर छविलाई छोप्न सक्ने जोखिम रहेको बताएका हुन्। 

`पछिल्लो वर्षहरूमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्न थालेका छन्। यसले वायु प्रदूषण हरेक वर्ष बढिरहेको छ। जसले पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ। अन्य निर्माण तथा उद्योगहरूले वायु प्रदूषणका लागि योगदान गरिरहेका छन्। तर, पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ,´ उनले भने।

नेपालमा जलवायु परिवर्तनका लागि न्यून योगदान भए पनि बढी नोक्सानीको सामना गर्नुपरेको सिइओ जोशीले बताए। `अहिले विश्वमा नेपाल प्राकृतिक सुन्दरताको मुलुकको छवि बनाएको छ। तर, पछिल्ला वर्षहरूमा नेपालमा बढेको वायु प्रदूषणका कारण सुन्दर मुलुकको छवि छोपिदिएको छ,´ जाेशीले भने। 

सिइओ जोशीले सरकारले पनि पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले भने,'नेपालको जिडिपीमा बढी योगदान गरिरहेको पर्यटन क्षेत्रले १० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष-अप्रत्यक्ष रोजगार दिएको छ। त्यसकारण सरकारले पर्यटन क्षेत्रबाट अझै लाभ लिनका लागि जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदूषणलगायतका पर्यटनलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ।' 

Laxmi sunrise bank
kumari

कार्यक्रममा पर्यटन, वातावरण क्षेत्रका विज्ञ, पत्रकार तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो।

प्रकाशित: Apr 12, 2025| 14:13 शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्