बिहीबार, असार ४, २०८३

वीरगन्जमा थपियो कर्फ्यु

 |  आइतबार, चैत ३१, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३१, २०८१
National life
Shivam cement

काठमाडौं- पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा लागेको कर्फ्युको अवधि थपिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्युको समय थप गरेका हुन्।

कर्फ्यु आदेश आज (चैत ३१) राति १२ बजेसम्मका निम्ति थप गरिएको छ। शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनी भएपछि प्रशासनले साँझदेखि आज मध्याह्न १२ बजेसम्मका निम्ति वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको थियो।

प्रशासनका अनुसार पूर्वतर्फ भेडियाही चौक– वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगंज महानगरपालिका– १६ मा कर्फ्यु लगाइएको हो।

प्रकाशित: Apr 13, 2025| 11:48 आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्