पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ फुस्रेखोलामा आज शनिबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा व्यास नगरपालिका–६ का १८ वर्षीय मनिष आले मगर रहेको जिल्ला प्रहरीले जनाएको छ। पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ५८७५ नम्बरको टिपर र विपरीत दिशाबाट जाँदै गरेको ग २५ प ५५२२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए।
दुर्घटनामा घाइते भएका स्कुटर चालक मनिष र पछाडि सवार १५ वर्षीया अनिशा आले मगरलाई प्रदेश अस्पताल दमौली पठाइएकोमा मनिषलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
घाइते अनिशालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ।