बिहीबार, पुस १०, २०८२

किसानको तरकारी बजार पुर्‍याउन कृषि एम्बुलेन्स

 |  शनिबार, चैत ३०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३०, २०८१

भोजपुर- पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। 

National life

गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। उत्पादित वस्तुलाई सहजरुपमा बाहिरी जिल्लाका बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्सले सहजता थप्ने उनको भनाइ छ। 

“गाउँपालिकाले कृषिमा जोड दिएको छ”, अध्यक्ष राईले भने, “किसानले व्यावसायिक रुपमा विभिन्न नगदेबालीको खेती गरिरहेका छन्, गाउँपालिकाभित्र उत्पादन भएका सम्पूर्ण कृषि उपजको सहज बजारीकरणका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ।”

गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। धेरै किसान व्यावसायिक रुपमा कृषिमा लागेकाले यहाँ उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पुर्‍याउने लक्ष्यले गाउँपालिकाले आफ्नै कृषि एम्बुलेन्स सञ्चालन ल्याएको उनको भनाइ छ। 

व्यावसायिक रुपमा कृषिमा लागेका किसानलाई थप प्रोत्साहन गर्न ७०० बढी किसानलाई कृषि सामग्री वितरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 12, 2025| 19:19 शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्