बिहीबार, पुस १०, २०८२

जुम्लामा शैक्षिक सत्र सुरु नहुँदै पुग्यो पाठ्यपुस्तक

 |  शनिबार, चैत ३०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३०, २०८१

जुम्ला- हिमाली जिल्ला जुम्लामा पाठ्यपुस्तक पुगेको छ। शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको हो।

National life

देशभर नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने गर्दछ। हिमाली जिल्लामा केही वर्ष पहिले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्दथ्यो। दुई शैक्षिक सत्र अघिदेखि जुम्लामा वैशाखदेखि नै सुरु हुने गरेको छ। यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारमा रहेको सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए। 

नयाँ शैक्षिक सत्रका लागि जिल्लामा गत चैत १७ गते पाठ्यपुस्तक पुगेको छ। खड्काले भने, “कक्षा १–५ सम्मको रु एक हजार ५०० सेटको र कक्षा ६–१० सम्मको रु दुई हजार प्रतिसेटमा पाठ्यपुस्तक आइपुगेको छ, यहाँका आठ स्कुलले पाठ्यपुस्तक लिएका छन्, अझै विद्यालयबाट माग आउँदै छ, आन्दोलनका कारण शिक्षक बाहिर छन्, अहिले कमै मात्र बिक्री भइरहेको छ, स्कुल खुलेपछि पाठ्यपुस्तक लिनेको सङ्ख्या बढ्ने सन्ध्या स्टेसनरीका सञ्चालक खड्काको भनाइ छ।”

यहाँका सामुदायिक विद्यालयलाई जिपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन्। यस्तै कनकासुन्दरीको दर्पण स्टेशनरी, सिँजाको कर्णाली र तिलाको दीपकैलाश स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन्। जिल्लाभर करिब १४५ सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। 
 

प्रकाशित: Apr 12, 2025| 19:18 शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्