बिहीबार, पुस १०, २०८२

बबरमहलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

 |  शनिबार, चैत ३०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३०, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
 
काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नंको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए।
 

प्रकाशित: Apr 12, 2025| 19:16 शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्