बिहीबार, असोज १५, २०८३

बालाजु औद्योगिक क्षेत्रमा आगलागी, कारण खुल्न सकेन

 |  शनिबार, चैत ३०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३०, २०८१

काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ। 

आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए। 
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। 
 

प्रकाशित: Apr 12, 2025| 19:15 शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्