बिहीबार, असार ४, २०८३

साम्प्रदायिक दंगा भड्किएपछि वीरगञ्जमा कर्फ्यु जारी

 |  शनिबार, चैत ३०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३०, २०८१

काठमाडौं- पर्साको वीरगञ्जमा कर्फ्यु लगाइएको छ। हिन्दू र मुस्लिम समुदायबीच दंगा भड्किएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु जारी गरेको हो।

National life

झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रशासनका अनुसार पूर्वतर्फ भेडियाही चौक– वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगंज महानगरपालिका– १६ मा कर्फ्यु लगाइएको हो।

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा आज दिउँसो छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो। अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको छ। केही पसलहरूमा आगजनी समेत भएको थियो। झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन्।

 

Shivam cement

प्रकाशित: Apr 12, 2025| 19:08 शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्