बिहीबार, पुस १०, २०८२

सांसद दीपक बोहराको निधनपछि प्रतिनिधिसभामा एक स्थान रिक्त

 |  शनिबार, चैत ३०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३०, २०८१

काठमाडौं- सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन्।

National life

प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो।

नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन्।

सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित: Apr 12, 2025| 07:17 शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्