आइतबार, वैशाख ७, २०८२

दुर्गा प्रसाईंलाई १२ दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

 |  शुक्रबार, चैत २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २९, २०८१

vianetvianet

काठमाडौं- यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा  प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद दिएको छ। 

triton college

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो।

राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाईंलाई पक्राउ गरेर आजै काठमाडौं ल्याइएको हो।

सो घटनामा संलग्न उनका अंगरक्षक दीपक खड्का पनि पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले आज विज्ञप्ति जारी गरी दुवैलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिएको हो। 

National life insurance

प्रदर्शनका क्रममा हिंसा भड्किएपछि फरार भएका प्रसाईंले विभिन्न ठाउँबाट भिडियो सन्देश जारी गरिरहेका थिए। राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चिने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए। यसैगरी सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए। घटनामा पत्रकार सुरेश रजक र युवा सविन महर्जनको ज्यान गएको थियो। १२९ जना घाइते भएकामा पाँच जना अझै अस्पतालमा छन्।

प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणालाई भने सोही दिन समातेको थियो। मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइहेको छ।
 

प्रकाशित: Apr 11, 2025| 15:45 शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्