बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर माग गर्दै सर्वोच्चमा रिट

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर माग गर्दै सर्वोच्चमा रिट

 |  शुक्रबार, चैत २९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २९, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत बुटवल इजलासले दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ।

लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावल, नारायण कँडेल र आशिष थापासहितले शुक्रबार सर्वोच्चमा रिट निवेदन दिएका हुन्।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

प्रकाशित: Apr 11, 2025| 15:22 शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्