बिहीबार, असार ४, २०८३

तनहुँ आयोजनाको भूमिगत विद्युत गृहभित्र रोटर जडान

 |  शुक्रबार, चैत २९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २९, २०८१

तनहुँ- निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ। आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो।

National life

सिनो हाइड्रो लिमिटेडले एक सय ९० टन क्षमताका दुईवटा रोटर जडान गरेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। उनले भने, “सुरुङमार्फत आउने पानीले रोटरलाई हिर्काउँछ र रोटर घुमेर विद्युत् उत्पादन हुन्छ। विद्युत्गृहभित्रको काम अन्तिम चरणमा पुगेको छ। अब विद्युत्गृह सञ्चालनको तयारी अवस्थामा पुगेको छ।”

जलविद्युत् आयोजनाको तीन चरणमा काम भइरहेको छ। भण्डारीका अनुसार चरण–१ अन्तर्गत बाँध निर्माणमा ३६।१५ प्रतिशत र चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७५ प्रतिशत प्रगति भएको छ। चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउने कार्यमा ढिलाइ हुँदा काम प्रभावित भएको आयोजनाका प्रमुख भण्डारीले बताए। त्यसका लागि आयोजनाले सम्बन्धित निकायसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिरहेको उनले जानकारी दिए।

आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ। कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापनलगायतमा कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने आयोजना कार्यालयले जनाएको छ।

उक्त रकम एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल् विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। रासस

Shivam cement

प्रकाशित: Apr 11, 2025| 18:01 शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्