बिहीबार, असार ४, २०८३

सर्लाहीमा ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

 |  शुक्रबार, चैत २९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २९, २०८१
National life
Shivam cement

सर्लाही- जिल्लाको हरिपुर्वामा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छभने एक जना घाइते भएकी छन्। 

आज बाँके-सङ्ग्रामपुर खण्डअन्तर्गत हरिपुर्वा नगरपालिका-९ मिर्चैया बजारमा ना५ख ३८५८ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री ईश्वरपुर नगरपालिका-१३ श्रीनगरका १७ वर्षीया अञ्जली महतोको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। उनका अनुसार सोही साइकलको पछाडि सवार १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छन्। 

मृतक र घाइता प्रहरीले जनाएको हो। घाइते किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्नाउ राईले बताए। प्रहरीले घटनामा संलग्न ट्रक र चालक हरिवन नगरपालिका-१० ताइवानका ३१ वर्षीय लक्ष्मण विश्वकर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए। 

प्रकाशित: Apr 11, 2025| 12:56 शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्