शनिबार, चैत ३०, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईंलाई हत्कडी लगाएर काठमाडौं ल्याइयो, आजै अदालत लगिने

दुर्गा प्रसाईंलाई हत्कडी लगाएर काठमाडौं ल्याइयो, आजै अदालत लगिने

 |  शुक्रबार, चैत २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २९, २०८१

vianetvianet

काठमाडौं- यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ।

triton college

उनलाई झापामा पक्राउ गरी विमानमा हालेर काठमाडौं ल्याइएको छ। विमानस्थलबाट उनलाई हत्कडी लगाएर विमानमा लगिएको थियो। जहाजभित्र पसाउने बेला भने हत्कडी खोलिएको थियो। कालो चश्मा र पहेंलो ह्याटमा सजिएका प्रसाईंले जहाजभित्र पसेर यात्रुलाई हात हल्लाएको भिडियो सार्वजनिक भएको छ।

सो घटनामा संलग्न उनका अंगरक्षक दीपक खड्का पनि पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले आज विज्ञप्ति जारी गरी दुवैलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिएको हो। दुवैलाई आज नै अदालत पेश गर्ने तयारी छ।

प्रदर्शनका क्रममा हिंसा भड्किएपछि फरार भएका प्रसाईंले विभिन्न ठाउँबाट भिडियो सन्देश जारी गरिरहेका थिए। राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चिने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए। यसैगरी सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए। घटनामा पत्रकार सुरेश रजक र युवा सविन महर्जनको ज्यान गएको थियो। १२९ जना घाइते भएकामा पाँच जना अझै अस्पतालमा छन्।

National life insurance

प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणालाई भने सोही दिन समातेको थियो। मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइहेको छ।

केहीबेर अघिको उडानबाट काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। उनलाई हतकडी लगाएर विमानमा प्रवेश गराइएको थियो।

उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर शुक्रबार बिहान नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। काँकरभिट्टा हुँदै उनलाई भद्रपुर लगेर बुद्ध एयरको विमानबाट काठमाडौँ लगिएको हो।

गत चैत १५ गते काठमाडौँ तीनकुने घटनापछि उनी फरार थिए। उनी पक्राउ परेको शुक्रबार बिहान मात्र प्रहरीले औपचारिक जानकारी दिएको हो।

चैत १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

खबर अनुसार उनी गुवाहाटीमा ५ जनासँगै एक होटलमा बसेका थिए। त्यति नै बेलामा यो कुरा आसामका डिजी (प्रहरी महानिर्देशक)लाई थाहा भयो। त्यसलगत्तै उनले उनको आत्मसमर्पण सम्बन्धी निर्देशन दिएका थिए।

प्रकाशित: Apr 11, 2025| 12:22 शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्