NadaNada
बिहीबार, भदौ ५, २०८२

दुर्गा प्रसाईंसँगै बडीगार्ड दीपक खड्का पनि पक्राउ

 |  शुक्रबार, चैत २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २९, २०८१

vianetvianet

काठमाडौं- यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाईं र सो घटनामा संलग्न उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले आज विज्ञप्ति जारी गरी दुवैलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिएको हो।

झापाका सञ्चारकर्मीहरुका अनुसार सीआईबीको टोलीले उनलाई भद्रपुर विमानस्थल लगेको छ। आजै उनलाई काठमाडौं ल्याउने र भ्याएसम्म अदालत पेश गर्ने तयारी छ।

प्रदर्शनका क्रममा हिंसा भड्किएपछि फरार भएका प्रसाईंले विभिन्न ठाउँबाट भिडियो सन्देश जारी गरिरहेका थिए। राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चिने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए। यसैगरी सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए। घटनामा पत्रकार सुरेश रजक र युवा सविन महर्जनको ज्यान गएको थियो। १२९ जना घाइते भएकामा पाँच जना अझै अस्पतालमा छन्।

प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणालाई भने सोही दिन समातेको थियो। मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइहेको छ।

Metro Mart

प्रकाशित: Apr 11, 2025| 11:12 शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्