काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज पनि भारी वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो १ लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो।
सुनको मूल्यले हिजो पनि रेकर्ड बनाएको थियो।लामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।