शुक्रबार, वैशाख ५, २०८२

दुर्गा प्रसाईंलाई पक्राउ गरेर नेपाल ल्याइयो

 |  शुक्रबार, चैत २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २९, २०८१

vianetvianet

काठमाडौं- यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि फरार भएका दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ। 

triton college

झापाका सञ्चारकर्मीहरुका अनुसार सीआईबीको टोलीले उनलाई भद्रपुर विमानस्थल लगेको छ। आजै उनलाई काठमाडौं ल्याउने र भ्याएसम्म अदालत पेश गर्ने तयारी छ।

दुर्गा प्रसाईं पक्राउ परेको विषयमा प्रहरीले औपचारिक रुपमा भने जानकारी दिएको छैन। उनलाई काठमाडौं ल्याएपछि मात्र यसबारे जानकारी दिने प्रहरीको भनाइ छ।

प्रदर्शनका क्रममा हिंसा भड्किएपछि फरार भएका प्रसाईंले विभिन्न ठाउँबाट भिडियो सन्देश जारी गरिरहेका थिए। राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चिने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए। यसैगरी सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए। घटनामा पत्रकार सुरेश रजक र युवा सविन महर्जनको ज्यान गएको थियो। १२९ जना घाइते भएकामा पाँच जना अझै अस्पतालमा छन्।

प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणालाई भने सोही दिन समातेको थियो। मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइहेको छ।

National life insurance

प्रकाशित: Apr 11, 2025| 10:28 शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्