बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक समृद्धिको नेतृत्व निजी क्षेत्रले लिनुपर्छ: अध्यक्ष ढकाल

आर्थिक समृद्धिको नेतृत्व निजी क्षेत्रले लिनुपर्छ: अध्यक्ष ढकाल

 |  बिहीबार, चैत २८, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

vianetvianet

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र चलायमान हुन नसक्दा अहिले सबैतिर प्रभाव परेको बताएका छन्।

Kumaribank

बिहीबार काठमाडौंमा महासंघको ५९ औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा उनले अब आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने हो कि भन्ने लागेको भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले निजि क्षेत्रको आग्रहमा करिब ३५ वटा कानुनमा सुधार भएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको भन्दै सरकारलाई धन्यवाद दिए।

अध्यक्ष ढकालले निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जिविकामा प्रतिकूल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुन नहुनेमा जोड दिए। उनले सरकार र निजि क्षेत्रको संयुक्त प्रयासमा दोहोरो अंकको वृद्धि सम्भव रहेको बताए।

कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासंघका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो।
 

प्रकाशित: Apr 10, 2025| 16:06 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्