आइतबार, असोज १२, २०८२

बार एसोसिएसनमा विजय मिश्र नेतृत्वको पूरै प्यानल निर्वाचित

 |  बिहीबार, चैत २८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

काठमाडौं- नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र नेतृत्वको प्यानल निर्वाचित भएको छ। मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। 

Kumaribank

उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले दुई हजार ६२१ मत पाए। श्रेष्ठलाई मिश्रले दुई हजार ४३१ मतान्तरले हराएका हुन्। अध्यक्षमा उम्मेदवारी दिएका राजु कैतीले ४८, उज्वल घिमिरेले ४५ र आशिष पौडेलले ५४ मत ल्याए।

उपाध्यक्षमा पनि महिलासहित सबै प्रदेशबाट मिश्रकै प्यालन निर्वाचित भएको छ। कोशी प्रदेश उपाध्यक्षमा पदमप्रसाद लिम्बु पाँच हजार २०० मत पाएर निर्वाचित भए। मधेस प्रदेश उपाध्यक्षमा अजयशंकर झा पाँच हजार २५२ मत ल्याएर निर्वाचित भए।

बागमती प्रदेश उपाध्यक्षमा तेजबहादुर रावल पाँच हजार ६ मत ल्याएर निर्वाचित भएका छन्। गण्डकी प्रदेश उपाध्यक्षमा भूपेन्द्र खनाल पाँच हजार ५६ मत ल्याएर निर्वाचित भएका छन्।

यस्तै, लुम्बिनी प्रदेश उपाध्यक्षमा कृष्णप्रसाद पोख्रले पाँच हजार १६७ मत ल्याएर निर्वाचित भएका छन्।

Metro Mart

कर्णाली प्रदेश उपाध्यक्षमा विवशकुमार बस्नेत पाँच हजार ४४ मत ल्याएर निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा सिद्धराज ओझा पाँच हजार १५१ मत पाएर निर्वाचित भए।

महिला उपाध्यक्षमा निर्वाचित सरस्वती श्रेष्ठले चार हजार ६२० मत ल्याइन्। 

महासचिवमा निर्वाचित केदारप्रसाद कोइरालाले चार हजार ८७४ मत ल्याए। उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले दुई हजार ३६७ मत पाएका छन्। 

कोषाध्यक्ष निर्वाचित जगतबहादुर कार्कीले पाँच हजार ८७ मत पाएका छन्। उनका निकटतम प्रत्याशी दीपक राईले एक हजार ९५० मत ल्याएका छन्। 

यसैगरी खुलातर्फ केन्द्रीय सदस्यमा किरण न्यौपाने पाँच हजार १७८ मत, शारदा गुरुङ पाँच हजार १७६, दमनबहादुर चन्द पाँच हजार ६, मुकुन्द अधिकारी पाँच हजार ४५, बाबुराम अर्याल चार हजार ८७५ र माधव मैनाली चार हजार ८० मतसहित निर्वाचित भएका छन्। महिला खुलातर्फ रञ्जिता कार्की चारह जार ६३७ मतसहित निर्वाचित भएकी छन्।

दलित कोटामा चिरञ्जीवी तिल्क्यानी चार हजार ७३७ मत, मधेसी/मुस्लिमतर्फ (उपत्यकाबाहिर) सूर्यकुमार यादव चार हजार ७१८, मधेसी/मुस्लिम (खुलातर्फ) रिंकुकुमारी यादव पाँच हजार २३०, आदिवासी जनजाति (उपत्यकाबाहिर) राजकुमार श्रेष्ठ पाँच हजार ७२, आदिवासी जनजाति (खुलातर्फ) मंगलसुन्दर शिल्पकार चार हजार ९४३, महिला (उपत्यकाबाहिर) अधिवक्ता इन्दिरा आचार्य पाँच हजार २५१ र केन्द्रीय सदस्य (उपत्यकाबाहिर) किरण पौडेल पाँच हजार १४८ मतसहित निर्वाचित भएका छन्।

गत शनिबार भएको मतदानको गणना आज सकिएको हो। बारमा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए।

प्रकाशित: Apr 10, 2025| 14:32 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्