बुधबार, वैशाख ३, २०८२

स्टारडम बिक्न छोडेको हो नेपाली चलचित्रमा ?

 |  बिहीबार, चैत २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

vianetvianet

काठमाडौं- नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो। यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ ले घरेलु बजारमा इतिहास रच्न सफल भएको छ।

triton college

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्यांक छ। यसले २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गरेको देखिन्छ। यसकारण पनि नेपाली चलचित्रको क्षेत्रमा वर्ष–२०८१ स्मरणयोग्य एवं सुखद् रहेको चलचित्रकर्मीहरूको भनाइ छ।  

यसका साथै यस वर्ष चार चलचित्रले रु दश करोडभन्दा बढीको व्यापार (ग्रस) गरी नेपाली ‘सिने’ उद्योगमा सफलता हासिल गरेका छन्। चलचित्र विकास बोर्डका अनुसार यस वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका र दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ यही चैत २९ गतेदेखि प्रदर्शन हुँदैछ। यसरी स्वदेशी ६२ चलचित्र प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ। विदेशी चलचित्रको  प्रदर्शन अन्तिम समयमा टुंगो लाग्ने गरेकाले उल्लिखित अंक तलमाथि हुन सक्ने बोर्डको भनाइ छ।  

‘पूर्णबहादुरको सारंगी’ बाहेक यो वर्ष घरेलु बजारमा रु दश करोड बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको ‘बक्सअफिसमा’ तथ्या‌ंक छ।

यो वर्षको सुरुआती महिना वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ ले राम्रो व्यापार गर्न सफल भयो। चलचित्रमा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्‍यो। अभिनेत्री केकी अधिकारीले अभिनय गरेको र सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएको थियो। तर, यसले अकल्पनीय व्यापार गर्‍यो।

National life insurance

‘बक्सअफिस’को तथ्यांक अनुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड २ लाखको व्यापार भएको छ। यो चलचित्र सफलताको श्रेय गीतसंगीत र विषयवस्तुलाई जान्छ। त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ। यसपछि दसैंमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा– ५’ ले दर्शकको राम्रो साथ पायो।

‘बक्स अफिस’को तथ्यांकअनुसार ‘१२ गाउँ’ ले  १९ करोड ९२ लाख र ‘छक्कापञ्जा – ५’ ले  १५ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ। अन्य चलचित्रको व्यापार बढेता पनि शृंखलाबद्ध रुपमा आइरहेको ‘छक्का पञ्जा’ को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ। यसले बजारको आकार बढ्न अवरोध गर्ने बुझाइ वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठको छ।

उनले नयाँ दर्शकलाई निरन्तर चलचित्र भवनमा आकर्षित गर्न फरक चलचित्र चाहिने बताए। निर्देशक श्रेष्ठले भने,“लूट चलचित्र प्रदर्शन भएपछि नेपाली चलचित्रमा नयाँ दर्शक बढ्नुका साथै चलचित्र बन्ने शैलीमा पनि परिवर्तन आयो। त्यस्तै एउटा चलचित्र अहिले चाहिएको छ, जसले नयाँ उचाइ पाओस् र शैलीमा परिवर्तन गर्दै नयाँ पुस्तालाई दर्शक बनाउन सफल होस्। यस्तो नहुँदासम्म बजारको आकार बढ्नेमा म सहमत छैन, किनकि एक दुई चलचित्रको सफलता भन्दा पनि समग्र वर्षको समीक्षा गरेर हेर्नुपर्छ।”

यस वर्ष दसैंपछि प्रदर्शन भएको ‘पूर्णबहादुरको सारंगी’ ले चलचित्र क्षेत्रलाई चलायमान बनायो। यो चलचित्रको सफलता पुराना निर्मातासँगै नयाँ निर्माता पनि चलचित्र क्षेत्रमा सक्रिय भएको बुझाइ निर्देशक पुर्नेन्दु झाको छ। उनले कथा बलियो भएमा कलाकारले अभिनय गर्न सके दर्शकले मन पराउने विश्वास चलचित्रकर्मीमा बढेको बताए।

“निर्माताको समस्या नै चलचित्र निर्माणमा बढेको महँगाइ हो। कलाकारलाई दिने रकमसँगै अन्य प्राविधिक क्षेत्रमा खर्च बढी हुने भएकाले निर्माताले आँट गर्न नसकेको मैले सुनेको छु। तर, पूर्णबहादुरको सारंगीलाई दर्शकले दिनुभएको मायाले अन्य निर्मातालाई अगाडि बढ्न आट दिएको छ। त्यसकारण पनि आउँदो वर्ष धेरै चलचित्र प्रदर्शन हुनेछन्”, उनले भने। 
 
आजसम्मको चलचित्रले घरेलु बजारमा गरेको व्यापारलाई हेर्दा यो ‘अञ्जिला’ पाँचौं स्थानमा छ। यसले घरेलु बजारमा सात करोड ५० लाख रुपैयाँ व्यापार गरेको छ। उल्लेखित व्यापारमा निर्धारण गरिएको शुल्क घटाएर वितरकमार्फत चलचित्र निर्माताले रकम पाउने गर्छन्। ‘होली’ पर्वलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको चलचित्र ‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। खेलाडीको कथालाई पर्दामा रुचाउनु सुखद पक्ष रहेको यसका निर्देशक मिलन चाम्सले बताए।
 
उनले भने, “नेपालमा खेलाडीको विषयमा चलचित्र बनाउन व्यावसायिक पक्षले रोकेको पाइएको थियो। व्यापार नभएपछि निर्माताले लगानी गर्दैनन् तर अञ्जिलाको व्यापारले अन्य खेलाडीको कथालाई पर्दामा ल्याउन चलचित्रकर्मीलाई आट दिएको छ। आगामी वर्षहरूमा अन्य खेलाडीको कथालाई पनि पर्दामा हेर्न पाइनेमा म विश्वस्त छु।”
 
यस वर्ष प्रदर्शन भएको अन्य चलचित्रमा ‘पूजार सार्की’ले सात करोड ३७ लाख, ‘घरज्वाइँ’ ले  पाँच  करोड ९ लाख, ‘फर्की फर्की’ ले चार करोड ८४ लाख, ‘मनसरा’ ले चार करोड ७८ लाख र ‘लाज शरणम्’ले चार करोड ३४ लाख रुपैयाँको व्यापार (ग्रस) गरेको तथ्यांक ‘बक्स अफिस’मा छ।

प्रकाशित: Apr 10, 2025| 14:07 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्