बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बिमा अभिकर्ता पेसामा आबद्ध हुन मेटलाइफ नेपालको आह्वान

बिमा अभिकर्ता पेसामा आबद्ध हुन मेटलाइफ नेपालको आह्वान

 |  बिहीबार, चैत २८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

काठमाडौं- मेटलाइफ नेपालले जीवन बिमा क्षेत्रमा करिअर सुरु गर्ने अवसर प्रदान गर्दै अभिकर्ता पेसामा आबद्ध हुन अनुरोध गरेको छ।

National life

कम्पनीले प्रेरणादायी भिडियो सन्देश जारी गर्दै यो विशेष अभियान सुरु गरेको हो। ‘अब सकारात्मक परिवर्तन ल्याउने पालो तपाईंको’ भन्ने नारासहित सुरु गरिएको अभियानअन्तर्गत कम्पनीका अभिकर्ताले परिवार, समुदाय, र राष्ट्रको जीवनमा कस्तो सकारात्मक प्रभाव पार्न सक्छन् भन्ने कुरा भिडियोमा देखाइएको छ। 

लाखौं नेपाली वैदेशिक रोजगारीमा गइरहेका वेला कम्पनीको यो अभियानले नेपालमै बसेर पनि अर्थपूर्ण र सम्मानजनक करिअर निर्माण गर्न सकिने सन्देश दिएको छ। ‘बिमा अभिकर्ताका रूपमा व्यक्तिले आर्थिक स्वतन्त्रता, व्यावसायिक पहिचान र व्यक्तिगत सन्तुष्टिसहित आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न सक्छन्। यो अभियान नेपालीलाई आफ्नै देशमा बसेर भविष्य निर्माण गर्न र आत्मविश्वासपूर्ण जीवन सुनिश्चित गर्ने उद्देश्यसहितको करिअरमा योगदान पुर्‍याउन आह्वान गर्दछ,’ कम्पनीले भनेको छ। 

मेटलाइफमा करिअर सुरु गर्ने अभिकर्ताले प्रशस्त अवसर, अन्तर्राष्ट्रियस्तरको बिमा र बिक्रीसम्बन्धी तालिम, बहुराष्ट्रिय कार्यसंस्कृतिको अनुभवका साथै निरन्तर सिकाइ तथा विकासको पहुँच पाउने कम्पनीले जनाएको छ। आर्थिक सफलता मात्र नभएर, यस पेसामा एउटा गहिरो जिम्मेवारी पनि हुन्छ– व्यक्ति र परिवारलाई सुरक्षा र आर्थिक सुनिश्चितता प्राप्त गर्नेछन् ।

सन् १८६८ मा स्थापित मेटलाइफ अमेरिका, जापान, एसिया, युरोप तथा मध्य–एसियालगायत ४० भन्दा बढी सहरमा सेवा दिइरहेको छ। नेपालमा भने सन् २००१ देखि सञ्चालनमा आएको हो। कम्पनीले उपभोक्ता तथा व्यवसायलाई जीवन बिमा, दुर्घटना तथा स्वास्थय बिमा, र कर्मचारी लाभ (समूह बिमा)जस्ता सुविधा प्रदान गरिरहेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 10, 2025| 12:57 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्