शुक्रबार, वैशाख ५, २०८२

सवारी दुर्घटनामा तीनको मृत्यु, चार जना मृत फेला

 |  बिहीबार, चैत २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

vianetvianet

काठमाडौं- कैलाली, घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सडकमा रोकी राखेको से.१ ख १२६८ नम्बरको मिनि ट्रकमा से.५ प ६९४४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-८ बस्ने ४५ वर्षीय अमर बमको मृत्यु भएको छ।

triton college

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो। मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ।

इलाम, इलाम नगरपालिका-७ जिरोस्थित सडकमा को.१ त ७३४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक इलाम घर भएका ४० वर्षीय सुवास तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो।

रौतहट, राजपुर नगरपालिका-३ महमद टोलस्थित सडकमा म.प्र.०३-००२ ह ६३८६ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने रोज उमैरको छोरा ३ वर्षीय शेख अजुल्लानको बुधबार बेलुकी मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको आशिर्वाद अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला
काठमाडौं महानगरपालिका-३१ शंखमूल डेरा गरी बस्ने मोरङ विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल आफ्नै कोठमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

National life insurance

धादिङ, गजुरी गाउँपालिका-२ डुडेठाटी बस्ने ६० वर्षीय चुडामणी कडेल बुधबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

अर्घाखाँची, पाणिनी गाउँपालिका-३ दुर्गाफाँटस्थित प्रतिक्षालयमा सोही ठाउँ बस्ने गुल्मी छत्रकोट गाउँपालिका-५ रूम्जाकोट घर भएका ६८ वर्षीय मोतिराज पौडेल बुधबार मृत अवस्थामा फेला परेका छन्।

कैलाली, टीकापुर नगरपालिका-८ श्रीलंकास्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 10, 2025| 12:51 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्