बिहीबार, असार ४, २०८३

बार एसोसिएसनमा अध्यक्ष मिश्रको पूरै प्यानल निर्वाचित

 |  बिहीबार, चैत २८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

काठमाडौं- नेपाल बार एसोसिएसनको मतगणना सकिएको छ। गत शनिबार भएको मतदानको गणना आज सकिएको हो।

National life

अन्तिम मत परिणामअनुसार अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रको पूरै प्यानल निर्वाचित भएको छ। निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठलाई २ हजार ४३१ मतले पराजित गर्दै मिश्र अध्यक्ष बनेका हुन्। मिश्रले ५ हजार ५२ मत पाएका छन् भने श्रेष्ठले २ हजार ६२१ मत पाएका छन्।

महासचिवमा वरिष्ठ अधिवक्ता केदार कोइराला विजयी भएका छन्। कोइरालाले श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेलाई  २ हजार ५०७ मतले पराजित गरेका छन्। कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले २ हजार ३६७ मत पाए।

कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्षसहित १२, नेकपा एमाले निकट प्रगतिशील व्यावसायिक लयर्स एसोसिएसन पीपीएलएका महासचिवसहित १२ र राप्रपा निकट कानुन व्यवसायीहरूका तर्फबाट बनेका एक उमेदवार विजयी भएका हुन्।

मतगणना सकिए पनि औपचारिक रुपमा परिणाम घोषणा गर्न भने बाँकी छ।

Shivam cement

प्रकाशित: Apr 10, 2025| 12:33 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्