बिहीबार, असोज १५, २०८३

दुलेगौडा-हर्कपुर मार्ग धमाधम कालोपत्रे गरिँदै

 |  बिहीबार, चैत २८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

तनहुँ- शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ। शुक्लागण्डकी नगरपालिकाले रु दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो। 

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्रे र दुई सय मिटर ढलान गरिने जानकारी दिए।  नगर क्षेत्रका सडक क्रमशः  स्तरोन्नति गरिने उनले बताए।

प्रकाशित: Apr 10, 2025| 10:53 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्