बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईंको अर्को भिडियो सन्देश- जीवनरक्षा हुन्छ भने आत्मसमर्पण गर्छु

दुर्गा प्रसाईंको अर्को भिडियो सन्देश- जीवनरक्षा हुन्छ भने आत्मसमर्पण गर्छु

 |  बुधबार, चैत २७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

काठमाडौं- यही चैत १५ गतेदेखि फरार रहेका दुर्गा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चितता भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका छन्।

National life

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रसाईंले यस्तो बताएका हुन्।

प्रसाईँले चैत १५ गते तीनकुने घटनामा मारिएका दुवै जनाको परिवारलाई पाँच-पाँच लाख रुपैयाँ सहयोग दिने घोषणा पनि गरेका छन्।

अज्ञात ठाउँमा खिचिएको ८ मिनेट ३० सेकेन्ड लामो भिडियोमा उनले आफू नभागेको तर जोगिएको बताएका छन्। ‘म भागेको होइन, जोगिएको मात्र हो,’ उनले भिडियोमा भनेका छन्।

उनले आफू रहेमात्र राजसंस्था पक्षधरको अभियान र जनविद्रोह सफल हुने भन्दै आफूलाई सिध्याउने षड्यन्त्रका कारण सार्वजनिक नभएको प्रस्टोक्ति दिएका छन्।

Laxmi sunrise bank
kumari

उनले गोञ्जालोलाई पक्रेर मारेरपछि पेरूको विद्रोह सकिएको उदाहरण दिँदै आफू नेपालमै सुरक्षित स्थानमा बसेको दाबी गरेका छन्। उनले प्रहरी प्रमुख दीपक थापालाई सम्बोधन गर्दै स्वागत नेपाल, भीमार्जुन आचार्य, ओमप्रकाश अर्याललगायत पाँच जना वकिल र पाँच जना मानव अधिकारवादीको रोहवरमा आफू सार्वजनिक हुन तयार रहेको पनि घोषणा गरेका छन्।

उनले आफ्नो जीउज्यानको सुरक्षा हुने अवस्थामा २४ देखि ३६ घन्टाभित्र सार्वजनिक हुने वचनवद्धता व्यक्त गरेका छन्। चैत १५ गतेको घटनामा राजसंस्था पक्षधरको सभामा राष्ट्रिय गान गाउँदागाउँदै टियर ग्यास र गोली हानिएको उल्लेख गर्दै उनले ३ बजेर ७ मिनेटमा गर्ने भनिएको घोषणा बिथोलिएको पनि उनले बताए।

‘मलाई सिध्याउन प्रचण्ड, केपी ओली र एकजना राजावादीकै भनिने पार्टीका नेता पनि लागे,’ उनले दाबी गरेका छन्।

तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको दिनदेखि फरार प्रसाईंले बेलाबेला भिडियो सार्वजनिक गरिरहेका छन्।
 

प्रकाशित: Apr 09, 2025| 18:42 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्