शुक्रबार, वैशाख ५, २०८२

मोटरसाइकल दुर्घटनामा नेपाल प्रहरीका असईको मृत्यु

 |  बुधबार, चैत २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

vianetvianet

ट्याक्टरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।

triton college

बुधबार दिउँसो २ बजेतिर जानकी गाउँपालिका-४ मानपुरस्थित नेपालगञ्ज गुलरिया सडक खण्डमा रोकेर राखेको ट्याक्टरको ट्रली पछाडि मोटरसाइकल ठोक्किँदा असई टोपबहादुर बस्नेतको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लु. ७८ प ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रलीमा ठोक्किँदा कोहलपुर नगरपालिका–२ का ४५ वर्षीय असई बस्नेत गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जिवनी मेडिकल कलेज अफ साइन्समा पुर्‍याइएको थियो। केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

उनी कार्यालय कामको सिलसिलामा बाँके आएर बर्दिया तर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका थिए। इलाका प्रहरी कार्यालय राजापुरमा दरबन्दी रहेका बस्नेत जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत थिए।
 

प्रकाशित: Apr 09, 2025| 18:11 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्