शुक्रबार, वैशाख ५, २०८२

नेपाल बारमा विजय मिश्रको प्यानल जित नजिक

 |  बुधबार, चैत २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

vianetvianet

काठमाडौं- नेपाल बार एशोसियनको मतगणना अन्तिम चरणमा पुगेको छ। नयाँ नेतृत्व चयनका लागि गत शनिबार भएको मतदानको गणना भइरहेको छ।

triton college

पछिल्लो अपडेटअनुसार कांग्रेस-एमाले प्यानलको फराकिलो मतान्तर कायमै छ। सत्तारुढ गठबन्धन एमाले निकटको पीपीएलए र कांग्रेस निकटको डीएलएका साझा उम्मेदवार विजयप्रसाद मिश्र ४२७२ भोट ल्याएर अगाडि छन्। माओवादी, रास्वपा निकटका कानून व्यवसायीको प्यानलबाट लडेका रमनकुमार श्रेष्ठको १८४३ मत छ।

महासचिवमा पनि सत्ता गठबन्धनका केदार कोइरालाको ४०६० मत हुँदा यज्ञमणि न्यौपाने १७०५ भोट रहेको छ।

शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो। मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो।
 

प्रकाशित: Apr 09, 2025| 17:46 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्